skip this farak Kura Pravakar

कांग्रेस महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक

1.78K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : नेपाली कांग्रेसले आगामी मंसिर २४ देखि २६ गतेसम्म महाधिवेशन गर्नेगरी संशोधित कार्यतालिका सार्वजनिक गरेको छ।
कांग्रेस निर्वाचन समितिले बिहीबार संशोधित कार्यतालिका सार्वजनिक गरेको हो। पार्टीका शीर्ष नेतासँग बुधबारको छलफलपछि निर्वाचन समितिले नयाँ कार्यतालिका सार्वजनिक गरेको छ।
यसअघि कांग्रेसले तीन पटक महाधिवेशन सारेको थियो। कोरोना संक्रमण, क्रियाशील सदस्यता विवाद र अन्तर पार्टी समायोजन प्रक्रियामा कारण कांग्रेसले समयमै महाधिवेशन गर्न सकेको छैन।
सिन्धुपाल्चोक, बाँके, कैलाली, डोल्पा सुर्खेत, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, बारा र पर्सा गरी १३ जिल्लामा कांग्रेसको वडा अधिवेशन हुन बाँकी छ।

nijgadh-supermart-adz1200-630