skip this farak Kura Pravakar

जनताको सेवामा प्रहरी : प्रसौनीमा निःशुल्क आखाँ तथा दात जाँच शिवीर सञ्चालन

867 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा : जनताको जीउधनको सुरक्षाको जिम्मेवारी बोकेको नेपाल प्रहरीले जनताको मनजित्ने विविध कार्यक्रम सञ्चालन गर्दै आएको छ । बाराको प्रसौनीमा शनिबार निःशुल्क आखाँ तथा दात जाच शिवीर सञ्चालन गरिएको छ ।
प्रसौनी गाउँपालिका वडा नं. ३ नौतन टोलस्थित ईलाका प्रहरी कार्यालय प्रसौनीको प्रङ्गणमा प्रहरीको सामुदायिक प्रहरी कार्यक्रम अन्तरगत शिविर सञ्चालन गरिएको हो । शिविरको ईलाका प्रहरी कार्यालय प्रसौनी बारा र वीरगञ्ज सामुदायीक आँखा केन्द्र पर्साले संयुक्त रुपमा आयोजना गरेको हो ।
शिविरमा जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक दिपेन्द्र शाही, प्रहरी नायव उपरीक्षक गौतम मिश्रा, ईलाका प्रहरी कार्यालय प्रसौनीका प्रमुख प्रहरी निरीक्षक बिन्देश्वर यादव, सामुदायिक प्रहरी सेवा केन्द्र मुर्ली वीरगञ्जका अध्यक्ष राम शर्मा, समुदायीक प्रहरी सेवा केन्द्रका कोषाध्यक्ष लुकेश सिंह लगायतको विशेष उपस्थिति रहेको थियो । त्यस्तै आखाँ केन्द्रका डाक्टर महेश सिंह धामि, प्रियाका साह लगायत स्थानिय जनता स्थानीय अगुवाको समेतको सहभागिता रहेको थियो । शिविरमा एक सय २० जनाले सेवा लिएका छन् ।

nijgadh-supermart-adz1200-630