तीहारको लागि पटका ल्याउने क्रममा हेटौडाका तीन युवा बारामा पक्राउ
वि.सं.२०७८ कात्तिक १७ बुधवार १७:४०

बारा : तीहारको लागि भारतबाट अवैध रुपमा पटका भित्रिरहेको छ । बाराको सिमावर्ती क्षेत्रबाट पटका ल्याउने क्रममा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुरको हेटौडा उपमहानगरपालिका–१५ का ३४ वर्षिय बुद्ध लोप्चन, २५ वर्षिय बुद्ध लोप्चन र ३२ वर्षिय राजकुमार लोप्चन रहेका छन् ।
सिमा प्रहरी चौकी छतवा बाराबाट खटिएको प्रहरी टोलीले गएराती फेटा गाउँपालिका वडा नं.३ मा चेकजाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको हो ।
भारतबाट शंकास्पद रुपमा नेपालतर्फ आएको ना ३८ प ७९५३ र ना १६ प ६२२९ मोटरसाइकल रोकी चेकजाँच गर्ने सवार तीनै जना पक्राउ परेको प्रहरीले जनाएको छ ।

कार्टुनमा राखी लुकाइ छिपाई ल्याएको किङ कोबरा–११ बण्डल र Electric Sparklers–५० प्याकेट बिष्फोटक पदार्थ पटाका फेला परेको बारा प्रहरीले जनाएको छ । उनीहरुलाई आवश्यक अनुसन्धानका लागि बारा जिल्ला अदालतबाट विष्फोटक पदार्थ अन्तर्गत कसूरमा पहिलो पटक दिन ५ को म्याद अनुमति लिईएको छ ।
वि.सं.२०७८ कात्तिक १७ बुधवार १७:४०
















