कैलालीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

वि.सं.२०७९ माघ १९ बिहीवार २१:१७
204
shares

काठमाडौं – कैलालीमा भरुवा बन्दुकसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्लाको चुरे गाउँपालिका–४ स्थित पनेरुवा शिविरका ४८ वर्षीय जब्बर रोकामगर भरुवा बन्दुकसहित पक्राउ परेको प्रहरीले जनाएको हो ।
गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी समूहले उनको साथबाट भरुवा बन्दुक फेला पारेको छ ।
बिहीबार उनलाई भरुवा बन्दुकसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

वि.सं.२०७९ माघ १९ बिहीवार २१:१७