प्राविधिक र स्वास्थ्य सेवाका पदमा लोक सेवाले खुलायो आवेदन
वि.सं.२०७८ कात्तिक २४ बुधवार ११:१५
1.54K
shares
फाइल तस्वीर
काठमाडौं : लोक सेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी प्राविधिक र स्वास्थ्य सेवाका आठौं तथा सातौं तहका पदमा आवेदन माग गरेको छ ।
तीन सय बढी पदमा दरखास्त आह्वान गर्दै आयोगले आज गोरखापत्रमा सूचना निकालेको छ । यी पदहरूमा खुला तथा समावेशी प्रतियोगिताबाट लिखित परीक्षा हुनेछ ।
इच्छुकलाई आवेदन दिन आयोगले आह्वान गरेको छ । आवेदन psconline.psc.gov.np मार्फत् दिन सकिनेछ ।
राजपत्रांकित तृतीय श्रेणी प्राविधिक, संघीय संसद सेवाका प्राविधिक र स्वास्थ्य सेवाका सातौं र आठौं तहका लागि इच्छुक उम्मेदवारबाट आवेदन माग भएको छ । मंसिर १४ गतेभित्र आवेदन दिइसक्नुपर्ने पनि आयोगले जनाएको छ ।




वि.सं.२०७८ कात्तिक २४ बुधवार ११:१५

















