क्राइम पेट्रोल नेपालको चितवनमा शुभ मुहुर्त
वि.सं.२०७८ कात्तिक २४ बुधवार १४:४६

काठमाण्डौं : : ग्यालेक्सी फोर के टेलिभिजनमा प्रशारण हुने सिरिज क्राईम पेट्रोल नेपालको बुधबार चितवनमा शुभ मुहुर्त गरिएको छ । भरतपुर–१२ मा रहेको निर्भानाले ‘सिन्डिकेट’ शीर्षकमा दुई भाग निर्माण गर्न लागेको हो ।
चितवनको कमलामाई मन्दिरमा शुभ मुहुर्त गरेसंगै छाँयाङकन थालिएको छ ।
मोफसलबाटै चलचित्र निर्माण तथा कलाकार उत्पादन गर्ने उद्देश्यले स्थापना भएको निर्भाना फिल्म स्कुलले आज बुधबारदेखि इन्टरनेसनल फ्रेन्चाइज ‘क्राइम पेट्रोल’ भित्रको एउटा कथा ‘सिन्डिकेट’ निर्माण गर्न लागेको हो ।
चितवनको परिवेशमा कथा निर्माण गरी चितवनकै कलाकर्मीको अभिनय तथा निर्माण रहेको निर्देशक निगम श्रेष्ठले जानकारी दिए । ‘हामीसँग सम्झौताचाहिँ पाँच भागको भएको छ, तर हाललाई दुई भाग निर्माण गर्दैछौँ’, उनले भने ।
अडिसनको माध्यमबाटै सूर्यप्रसाद शर्मा भट्ट, रेशा आलेमगर, इश्वरी सिंहसहित ३० जना कलाकार छनोट गरिएको छ ।
अपराध अनुसन्धानलाई टेवा पुग्ने उद्देश्यसहित क्राइम पेट्रोल नेपालले निर्माण गर्दै आएको क्राइम पेट्रोलको ‘सिन्डिकेट’ शीर्षकका दुई श्रृङ्खला निर्भानाले तयार पार्नेछ ।
चितवन राष्ट्रिय निकुञ्जमा हुने गैँडा चोरीसिकारी सम्बन्धि सत्यघटनालाई आधार बनाएर कथा छनौट गरिएको निर्माण पक्षले जानकारी दिएको छ ।
वि.सं.२०७८ कात्तिक २४ बुधवार १४:४६

















