skip this hetauda tech

निजगढ–१३ को धारापानी सामुदायिक वन क्षेत्रमा आगलागी, अझै नियन्त्रणमा आएन

828 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-बाराकाे निजगढ नगरपालिका- १३ को धारापानी सामुदायिक वन क्षेत्रमा सोमबार राति आगलागी भएको छ ।

वन क्षेत्रमा देखा परेको डढेलो फैलिएर आगलागीमा परिणत भएको हो । सामुदायिक वनको काठ/दाउरा घाटगद्दी स्थान नजिकको च्यान डाँडामा भएको आगलागीबाट सुकेका र ढलेकासमेत गरी सयौं रुख र विरुवा जलेर नष्ट भएको बताइएको छ ।

वन समुहका अध्यक्ष उमेश घलानले दिएको जानकारी अनुसार सुकेका र ढलेका ३ दर्जनभन्दा बढी ठूला रुख र सयौं हरिया रुख र विरुवा आगलागीबाट नष्ट भएका छन । सोमबार साझ ६ बजेबाट देखापरेको वन डढेलोले ७ बजेपछि भिषण रुप लिएको अध्यक्ष घलानले जानकारी दिए ।

निजगढ नगरपालिकाबाट गएको बारुणयन्त्रसहित निजगढ १० स्थित लाल सशस्त्र बेस क्याम्पका सशस्त्र प्रहरी र स्थानीय उपभोक्ताहरुले प्रयास गरेको भएपनि राति अबेरसम्म आगो नियन्त्रणमा आउन नसकेको बताइएको छ ।

झारी सफाइ नहुदा आगलागी

सव डिभिजन वन कार्यालय रतनपुरीले उपभोक्ताहरुलाई वन क्षेत्रको झाडी सफा गर्न रोक लगाएका कारण डढेलो सल्केर वन विनास भएको बताएका छन् ।

वन समुहको कार्ययोजनाको म्याद सकिएको भन्दै वन कार्यालयले डढेलो नियन्त्रण प्रयोजनको लागि उपभोक्ता समुहको मागअनुसार झाडी सफा गर्ने कार्यमा अनुमति दिएको थिएन ।

nijgadh-supermart-adz1200-630