skip this

वीरगञ्ज महानगरद्वारा किसानलाई ५० प्रतिशत अनुदानमा गहुँको बिऊ वितरण

2.09K shares
oil-nigam-amlekhgunj-adv.jpeg

वीरगञ्ज : वीरगञ्ज महागनगपालिकाले महानगरक्षेत्र भित्रका किसानलाई ५० प्रतिशत अनुदानमा गहुँको विऊ वितरण शुरु गरेको छ ।
महानगरपालिका क्षेत्र भित्रका किसानहरुलाइ उन्नत जातको गहुँको बिऊ आजबाट वितरण गर्न सुरु गरेको हो ।
महानगरका कृषकहरुलाई कृषि उत्पादनमा प्रोत्साहन गरी उत्पादकत्व बढाउन महानगरपालिकाले अनुदानमा गहुँको विऊ वितरण शुरु गरिएको वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले बताए ।
महानगरपालिका भित्र खेती योग्य जमिनमा गहुँबाली लगाउन कृषकहरुलाइ सहुलियत होस भन्ने उद्देश्यले महानगरपालिकाले ४० टन भन्दा बढी गहुँको बिऊ वितरण गर्ने योजना महानगरको रहेको नगर प्रमुख सरावगीले बताए ।
वीरगञ्ज महानगरपालिकाले अहिले पहिलो चरणमा एनएल ९७१ जातको गहुँ किसानलाई वितरण गरेको र यसपछि विजय जातको गहुँ वितरण गरिने महानगरपालिकाको कृषि शाखा प्रमुख उर्मिला श्रेष्ठले जानकारी दिए ।
अहिले महानगरपालिकामा अगुवा जातको गहुँको बिऊ वितरण सुरु गरिएको छ । यसपछि पनि समय बाँकी रहेमा एनएल ९ सय ७१ नै वितरण गरिने नभए गहुँको पछुवा जात विजय वितरण गरिने योजना रहेको कृषि शाखा प्रमुख श्रेष्ठले बताए ।

nijgadh-supermart-adz1200-630