skip this

बारा २ उपनिर्वाचन : जसपा, एमाले र रास्वपाका उम्मेदवारले आफैलाई मत हाल्न पाउँदैनन्

669 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा । बारा २ मा भइरहेको उपनिर्वाचनमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । मतदान केन्द्रहरूमा मतदाताहरू लाइन लागेर मतदान गरिरहेका छन् ।

यस क्षेत्रका उम्मेदवार जनता समाजवादी पार्टी (जसपा)का उपेन्द्र यादव, नेकपा एमालेका पुरुषोत्तम पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले मतदान गर्न नपाउने भएका छन् ।

यादव सप्तरी-२ का मतदाता हुन् । त्यसैगरी पुरुषोत्तम पौडेल बारा-१ र रमेश खरेल काठमाडौँ-१ का मतदाता हुन् । बार २ मा ३४ जना उम्मेदवार छन् । जसमध्ये १० राजनीति दल र २४ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

nijgadh-supermart-adz1200-630