skip this farak Kura Pravakar

करैयामाई गाउँपालिकाले ५० प्रतिशत अनुदानमा उन्नत धानको बिउ बाड्ने

969 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-बाराकाे करैयामाई गाउँपालिकाले ५० प्रतिशत अनुदानमा उन्नत धानको बिउ वितरण गर्ने भएको छ ।

करैयामाई गाउँपालिका अन्तर्गत कृषि शाखाको आर्थिक वर्ष ०७९/०८० को स्विकृत कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा उन्नत जातको धानको विउ वितरण गर्ने भएको छ ।

कार्यक्रम भएकोले सूचिकृत गरिएका धानका विउहरु मध्ये आफुले छनौट गरेको धानको बिउको लागि आवश्यक कागजात सहित सूचना प्रकाशित गरेकाे छ ।

७ दिन भित्र यस कार्यालयको कृषि शाखामा यस करैयामाई गाउँपालिकाका वडा नं. १ देखि ८ सम्मका कृषकहरुले तपसील बमोजिमका कागजात र ५० प्रतिशत रकम सहित कृषि शाखामा सम्पर्क गर्न भनिएको प्रमुख प्रशासकीय अधिकृत उदय शंकर चौधरीले जारी सूचनामा उल्लेख्य छ ।

 

nijgadh-supermart-adz1200-630