skip this

एकै गाउँका किशाेर-किशाेरी मृत भेटिए, कारण खाेज्दै प्रहरी

1.43K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : कैलालीमा  एक किशोर र एक किशोरीको शव फेला परेको छ । कैलालीको गौरीगंगा नगरपालिका-३ को जुनेली शिविरमा स्थानीय खुसीराम चौधरीकी १६ वर्षीया छोरी सन्जु र सोही ठाउँका बाँधुराम चौधरीका १९ वर्षीय छोरा मायाराम चौधरी आइतबार साँझ मृत फेला परेका हुन् । दुई शवकाे दुरी दुई सय मिटर मात्र छ ।
     सन्जु आफ्नै घरभित्र दोपट्टाले झुुण्डिएको अवस्थामा र त्यसको करीब दुई सय मिटर टाढा रुखमा झुण्डिएको अवस्थामा मायाराम मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले जानकारी दिए ।
  घटना आइतबार रातिकाे हाे । घटनास्थल पुगेर प्रहरीले अनुसन्धान थालेकाे छ । दुवैको मृत्युबारे धेरै कुरा बुुझ्न नसकिएकाे र अनुुसन्धानकै क्रममा रहेकाे जाेशीले बताए ।
  

nijgadh-supermart-adz1200-630