तासको खालबाट कांग्रेस नगर सभापतिसहित वडा अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत पक्राउ
वि.सं.२०७८ पुस १८ आइतवार ०९:१२
720
shares

सुर्खेत : जुवाको खालबाट जाजरकोट भेरी नगरपालिकाका निमित्त कार्यकारी प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्ती, नेपाली कांग्रेस भेरी नगरपालिकाका सभापति शशी बुढालगायत अन्य वडाध्यक्षलाई पक्राउ गरेको छ ।
सदरमुकामस्थित गैराखालीको एक घरबाट उनीहरुलाई प्रहरीले आज विहान पक्राउ गरेको हो ।
दुई लाख रुपैयाँ ताखको खालबाट बरामद भएको र अनलाइनबाट अन्य कारोबार भएको पाइएको प्रहरीले बताएको छ ।
वि.सं.२०७८ पुस १८ आइतवार ०९:१२

















