skip this farak Kura Pravakar

प्राविधिक शिक्षा र गुणस्तरिय शिक्षाले निजगढ शैक्षिक हब बन्दै गएको छ : सांसद मैनाली

1.08K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बारा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य अच्चुतप्रसाद मैनालीले बाराको निजगढ शैक्षिक हबका रुपमा विकास हुँदै गएको बताएका छन् ।

बाराको निजगढ नगरपालिका–५ बागदेवस्थित श्री सार्वजनिक माध्यमिक विद्यालयको ५९ औं जन्मजयन्ती कार्यक्रमलाई सम्बोधन गर्दै सांसद मैनालीले निजगढ भेगको मात्र नभई मधेस प्रदेशकै विद्यार्थी आएर पढ्ने क्रम बढेकाले निजगढ शैक्षिकतर्फ अघि बढिरहेको बताए ।

‘प्राविधिक शिक्षाका लागि प्रदेशभरिबाट पढ्न आउने वातावरण बनेको छ,’ सांसद मैनालीले भने–गुणस्तरिय शिक्षाको लागि पनि विद्यार्थी र अभिभावकहरुको आकर्षणको केन्द्र बनेको छ ।’

भौतिक पूर्वाधारको आवश्यकता पुरा गर्न देशको आर्थिक अवस्था विग्रेको कारण चाहेको काम गर्न नसकिएको बताए । उनले शिक्षाको विकासका लागि लागि परेका अभिभावक, जनप्रतिनिधि र शिक्षाप्रेमीहरुले खेलेको भूमिकाको प्रंसशा गर्दै जनप्रतिनिधिका रुपमा आफ्नो साथ रहेको बताए ।

‘स्थानीय, प्रदेश र संघ सरकारसँग समन्वय गरेर विद्यालयको आवश्यकतालाई पुरा गर्न प्रयास रहने छौं,’ सांसद मैनालीले भने–हामीले गरेको वाचा पुरा हुने छ । विद्यालयमा छात्राबास बनाउन, प्रयोगशाला स्थापना, पुस्तकालय स्थापना गर्न सकिएर विद्यालयले धेरै ठुलो फड्को मार्ने उद्देश्यले विगतमा सहयोगको वाचा गरेको सांसद मैनालीले स्मरण गरे । देशमा महाभुकम्पले गर्दा विगतमा बोलेका कुरा पुरा हुन नसकेकोमा दुःख व्यक्त गर्दै सांसद मैनालीले आगामी दिनमा त्यसलाई पुरा गर्ने विश्वास दिलाए ।

विद्यालय कार्यक्रममा मधेस प्रदेश सांसद मिनाकुमारी लामा, निजगढ नगरपालिकाका मेयर सुरथ पुरी, उपमेयर सोममाया थिङ्ग, पूर्व मेयर सुरेश खनाल, विद्यालयका पूर्व अध्यक्ष नारायणप्रसाद गौतम, पूर्व विद्यार्थी अजयकुमार उप्रेती, खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष सुदर्शनप्रसाद कोईरालालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा बासुदेव गौतमको स्मृतीमा दुर्गा गौतमले स्थापना गरेको एक लाख पाँच हजारको अक्षय कोषको चेक हस्तान्तरण गरिएको थियो । सो अवसरमा अध्यक्ष गौतमका आमा मनमाई गौतमलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा आर्थिक वर्ष २०७९/८० को आय व्यय विवरण तथा २०८०/०८१ को अनुमानित आय व्यय प्रतिवेदन विद्यालयका लेखापाल नवराज गौतमले प्रस्तुत गरेका थिए ।

लेखापाल नवराज गौतम

त्यसैगरि विद्यालयको भौतिक तथा शैक्षिक प्रगति प्रतिवेदन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद गौतमले गरेका थिए ।

अध्यक्ष दुर्गाप्रसाद गौतम
प्रधानाध्यापक हस्तबहादुर लामा

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद गौतमको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हस्तबहादुर लामा, विद्यार्थीद्धय मोनिका खतिवडा, अदिती गौतमले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने सञ्चालन भोलाप्रसाद चौलागाई र बालकुमार सिंजालीले गरेका थिए ।

सञ्चालक बालकुमार सिंजाली

कार्यक्रममा विभिन्न खेलकुद तथा अतिरिक्त क्रियाकलाप प्रतियोगितामा विजयी भएका खेलाडी विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा विद्यार्थीले विभिन्न साँस्कृतिक प्रस्तुती देखाएका थिए ।

कार्यक्रममा  जिल्ला समन्वय समिति बाराकी उपप्रमुख चण्डिका उप्रेती, पूर्व उपमेयर लिलादेवी लामिछाने, वडाध्यक्षहरु मगले लोप्चन, गोकुल तिमल्सिना, विसन सापकोटा, सुर्य बहादुर थापा मगर, घनश्याम तिमल्सिना, सैया गुरो, कार्यपालिका सदस्य, सर्मिला सुनार, मिना चौरेल, अरुणा वि.क., मान बहादुर डासेली, फुलमाया लामा घलान, वडा सदस्य कुञ्जमणी सापकोटा, लिलानाथ गौतम, आशा चौलागाई, सविता दर्जीको उपस्थिति रहेको थियो ।

त्यसैगरि गौरीशंकर क्याम्पसका अध्यक्ष एकबहादुर श्रेष्ठ, प्रमुख टिकाराम भट्टराई, गौरीशंकर माध्यमिक विद्यालय निजगढ ८ का अध्यक्ष रविकुमार बर्तौला, प्रधानाध्यपक बन्द्रिनारायण झा, गौरीशंकर माध्यमिक विद्यालय सडकटोलका अध्यक्ष थानेश्वर सापकोटा, प्रधानाध्यपक यादवकुमार तिमल्सिना, जनकल्याण आधारभूत विद्यालयका प्रधानाध्यापक मधुसुदन अधिकारी, जनजागृती आधारभूत विद्यालयका अध्यक्ष पूर्णबहादुर चौलागाई, प्रधानाध्यापक शिवप्रसाद नेपाल, नेत्रोदय माध्यमिक विद्यालय निजगढ ७ का प्रधानाध्याक कुल बहादुर अस्तानी, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय लालका प्रधानाध्यापक दिनानाथ साह, श्री बाल विकास आधारभूत विद्यालयकी प्रधानाध्यापक बिन्दु लामा, सत्येश्वर आधारभूत विद्यालयका प्रधानाध्यापक उमेश स्वर्णकारलगायतको उपस्थिति रहेको थियो ।

त्यसैगरि जनजागृति सुन्दर सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष जय प्रसाद ढुङ्गाना, वागदेव दुग्ध उत्पादक सहकारी संस्था लि. का अध्यक्ष थानेश्वर सापकोटा, बाघभैरव वन उपभोक्ता समिति ४ का अध्यक्ष अमरलाल सिंतानलगायतको उपस्थिति रहेको थियो ।

त्यसैगरि समाजसेवी थल प्रसाद गौतम, भोला प्रसाद गौतम, बेनी बहादुर मोक्तान, रुद्र प्रसाद तिमल्सिना, लिला नाथ बंजारा, पिताम्बर गौतम, तेज प्रसाद गौतम, टंक बहादुर बस्नेत, छबिलाल चौलागाई, पुरुषोत्तम भट्टराई, विद्यालय संस्थापक श्याम प्रसाद उपाध्याय, सहिद पिता खडानन्द गौतम लगायतको उपस्थिति रहेको थियो ।

पूर्व अध्यक्ष अम्बिकाप्रसाद चौलागाई, नारायणप्रसाद गौतम, पूर्व समिति सदस्यहरु, टोल विकास समितिका अध्यक्षहरुको उपस्थिति रहेको थियो ।

विद्यालयले पूर्व शिक्षक रामवरण यादव, नारायणी खनाल, चुडामणी चौलागाई, मनिता अर्याल, शौरभ चौगाई, विवेक तिमल्सिनालाई सम्मान गरेको छ । त्यसैगरि सर्वोकृष्ट शिक्षक सम्मान बालकुमारी सिंजालीलाई, उत्कृष्ट सकृय शिक्षक २०८०  प्रकाश अधिकारी र उत्कृष्ट आदर्श शिक्षक-२०८० नबिता बस्नेताई प्रदान गरेको छ ।

nijgadh-supermart-adz1200-630