बालिकालाई जवर्जस्ती करणी गरी हत्या गर्ने अभियोगमा आमा–छोरा पक्राउ
वि.सं.२०७८ माघ ३ सोमवार ०९:०३

बारा : बारामा ९ वर्षिया बालिकालाई जवर्जस्ती करणी गरि हत्या गरेको आरोपमा आमा–छोरालाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ ।
कोतवाल गाउँपालिका–७ कोतवालीका मोतिलाल साह कानुको ९ वर्षिया छोरी रुपमाला कुमारी साहको गत पुस २७ मा जमुनी खोलामा शव फेला परेको थियो । पुस २४ गते दिउँसोको समयमा घरबाट बाख्रा लिई चराउन गएकी थिईन् ।
उनको हत्याको आरोपमा आदर्शकोतवाल गाउँपालिका–.८ कोतवाली टोलका २० वर्षिय संतोष साह कानु उनकी आमा ४० वर्षिया देवीलाई प्रहरीले पक्राउ गरेको हो ।
यस्तो छ घटना
मृतक बालिकाको शव घाँटी कसी टाउँकोमा प्रहार गरी हत्या गरेको अवस्थामा फेला परेको थियो । रुपमाला बाख्रा चराउने क्रममा पानी लिन नजिकै रहेको बिन्देश्वर साह कानुको कुखुरा फारममा गएकी थिईन् । कुखुरा फारममा एक्लै रहेका सन्तोषले रुपमालालाई जवर्जस्ती करणी गरी हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको तत्काल जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिए ।
‘संगै बाख्रा चराउन गएकाले कुखुरा फारममा गएको देखेका रहेछन्,’ प्रहरी नायव उपरीक्षक थापाले भने– कुखुरा फारममा प्रतिवादी संतोष साह कानु बाहेक अन्य व्यक्ति नरहेको भनी बुझिन आए पश्चात निजलाई नियन्त्रणमा लिई प्रविधिको सहयोगमा सोधपुछ गर्दा घटना घटाएको भनी स्विकार गरेका छन् ।’
मृतकको लास फेला परेको सूचना प्राप्त हुनसाथ तत्काल जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक राजेश थापा तथा अनुसन्धान अधिकृतको टोली कुकुर सहितको विशेषज्ञ प्रहरी टोली झिकाई घटनास्थलको सुक्ष्म अवलोकन गरि अनुसन्धान अघि बढाएको थियो ।
उपराध लुकाउन सहयोग
प्रहरीले शान्ति देवी उपराध लुकाउन सहयोग गरेको आरोपमा पक्राउ गरेको जनाएको छ । शान्ति देवीले अपराध पुष्टी हुने दशीहरू लोप गर्ने प्रयास गरेकी प्रहरीको भनाई छ ।
प्रतिवादी संतोष साह कानु र शान्ति देवीलाई पक्राउ गरी ज्यान सम्बन्धी कसूरमा बारा जिल्ला अदालतबाट पहिलो पटक दिन पाँच दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
वि.सं.२०७८ माघ ३ सोमवार ०९:०३

















