माओवादीको उपल्लो कमिटीमा निर्वाचित सदस्यलाई काठमाण्डौं महानगरको वडा कमिटीको सम्मान
वि.सं.२०७८ माघ ४ मंगलवार १८:२५

काठमाण्डौं : नेकपा (माओवादी केन्द्र) काठमाण्डौं महानगरपालिका वडा नं. १४ कमिटीले आफ्नो क्षेत्रबाट पार्टीको उपल्लो कमिटीमा निर्वाचित सदस्यलाई सम्मान गरेको छ ।
वडा कमिटी अध्यक्ष श्यामराजा पाण्डेले कलंकीस्थित जनपथ माध्यमिक विद्यालयको शभाहलमा आयोजिक एक कार्यक्रमका बीच प्रदेश कमिटी र नगर कमिटीमा निर्वाचित भएका सदस्यलाई सम्मान गरेका हुन् ।
कार्यक्रममा प्रदेश कमिटी सदस्य सरिता पौडेल, नगर सदस्य मनिषा रिसाल, इन्द्रमाया गुरुङ्ग, आदेश्वर बुढाथोकी, नानीराम सापकोटा, शिव कण्डेल, सानी भारती, रुपेश भुललाई सम्मान गरिएको हो ।

कार्यक्रममा पार्टीका बागमती प्रदेश कमिटी सदस्य पौडेल, अनेमसंघ (क्रान्तिकारी) की केन्द्रीय सदस्य एवं दलित मुक्तिमोर्चा काठमाण्डौं जिल्ला सचिव मनिषा रिसालले सम्बोधन गरेका थिए ।
वडा कमिटी अध्यक्ष पाण्डेको अध्यक्षतामा भएको कार्यक्रमको वडा सचिव बालकृष्ण सुवेदीले सञ्चालन गरेका थिए । कार्यक्रममा वडा कमिटीका पदाधिकारी, वाइसिएल नेपालका नेता–कार्यकर्ताको समेत सहभागि रहेको थियो ।
वि.सं.२०७८ माघ ४ मंगलवार १८:२५

















