skip this

निजगढ नगरपालिकामा जेठ २८ देखि ३० गतेसम्म विद्यालय बन्द हुने

987 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-पछिल्ला दिनहरूमा बढ्दो गर्मीका कारण निजगढ नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालनमा रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूमा तीन दिनको गर्मी विदा दिने निर्णय गरेको छ ।

नगर कार्यपालिकाको २०८२ साल जेठ २७ गते (२०८२/०२/२७) को निर्णयअनुसार, अत्यधिक गर्मीले बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्ने देखिएकाले, जेठ २८ गतेदेखि ३० गतेसम्म (२०८२/०२/२८ – २०८२/०२/३०) विद्यालय बन्द रहने जनाइएको छ।

सूचना शिक्षा अधिकृत (सातौं) उत्तम लामिछाने द्वारा हस्ताक्षरित छ र यसले सम्पूर्ण विद्यालयहरूलाई उक्त अवधिमा पठनपाठन स्थगित गर्न आग्रह गरिएको छ ।

नगरपालिकाले सबै विद्यालयहरूलाई आवश्यक तयारी मिलाउन र सूचना कार्यान्वयन गर्न अनुरोध गरेको छ ।

nijgadh-supermart-adz1200-630