skip this

जीतपुरसिमरा उपमहानगरपालिकाको बाह्रौं नगरसभा असार ९ गते हुने

726 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा—जीतपुरसिमरा उपमहानगरपालिकाले २०७८ साल असार ९ गते सोमबारका दिन उपमहानगरपालिकाको बाह्रौं नगरसभा बोलाएको छ ।

नगरसभाको बैठक बिहान ९:०० बजे सिमराको होटल क्लासिकमा बस्ने तय भएको छ।

नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन २०७४ र अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ को सम्बन्धित दफाहरुको व्यवस्था अनुसार नगरसभाको पहिलो बैठक आह्वान गरिएको हो ।

बैठकमा बजेट तथा नीति कार्यक्रम, खर्च विवरण, विनियोजन विधेयक लगायतका विषयहरूमा छलफल गरिनेछ ।

नगरसभाको बैठकमा प्रस्तुत हुने प्रस्तावहरमा आ.व. २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुति, छलफल र निर्णय, आ.व. २०८२/०८३ को वार्षिक आम्दानी तथा खर्चको अनुमान सहितको बजेट तथा सोसँग सम्बन्धित विनियोजन विधेयक र आर्थिक विधेयकको प्रस्तुति तथा निर्णय र अन्य विविध विषयहरूमा छलफल हुने जनाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत र प्रमुख शान्ती राज प्रसाईद्वारा हस्ताक्षरित सूचनामा नगरसभा सदस्यहरूलाई बैठकमा समयमै उपस्थित भई छलफलमा सहभागी हुन अनुरोध गरिएको छ ।

nijgadh-supermart-adz1200-630