रामनवमीको अवसरमा निजगढमा शोभा यात्रा
वि.सं.२०८२ चैत १३ शुक्रवार २३:१८
153
shares

बरा–चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व को अवसरमा आज बाराको निजगढमा शोभा यात्रा निकालिएको छ ।
देशभरि श्रद्धा र भक्तिपूर्वक पूजा आराधना गरी मनाईएको रामनवमीको अवसरमा निजगढ–८ श्री बकैयाधाममा सञ्चालित श्रीराम चरित मानस पाठ परायण तथा संगीतमय श्रीराम कथा महोत्सव २०८२ को आयोजनद्धारा शोभा यात्रा निकालिएको थियो ।

शोभा यात्रामा कथा बाचक आर्चाय श्रीअभिषेकसहित बटुकहरु, विभिन्न एकादशी समुहमा आवद्ध भक्तजन एवं स्थानीयको उल्लेख्य उपस्थिति रहेको थियो ।
त्यसैगरि निजगढ ९ स्थित श्रीराम मन्दिरद्धारा समेत शोभा यात्रा निकालिएको थियो ।
वि.सं.२०८२ चैत १३ शुक्रवार २३:१८
















