निजगढमा ‘युकी एजुकेशनल सेन्टर’को शाखा उद्घाटन, निःशुल्क भर्नामा भाषा कक्षा
वि.सं.२०८२ चैत १३ शुक्रवार १७:५४

बारा–निजगढ–७ शहीदचोकस्थित नेपाल भवनमा युकी एजुकेशनल सेन्टर प्रा. लि. को नयाँ शाखा उद्घाटन भएको छ ।
लामो समयलेखि हेटौंडा–४, स्कूल रोडमा मुख्य कार्यालय रहेर सञ्चालनमा रहेको युकी एजुकेशनल सेन्टर नयाँ शाखा कार्यालय निजगढ–७, बारामा सञ्चालनमा ल्याएको हो ।
संचालक युवराज दाहालका माता–पिता मनुका घिमिरे दाहाल÷उद्धव दाहालले रिवन काटेर शाखाको उद्घाटन गरेका हुन् । समुद्घाटनका लागि धार्मिक विधि अनुसार पूजा पाठ समेत गरिएको थियो ।
कार्यक्रममा संस्थाका सञ्चालक युवराज दाहाल, मुस्कान तिमल्सिना, रूसन लुईँटेल लगायतको उपस्थिति रहेको ब्रान्च म्यानेजर उज्जवल पोखरेलले जानकारी दिए ।

हेटौंडाको सफलतापछि निजगढमा शाखा सञ्चालन गरिएको सञ्चालक रूसन लुईँटेलले बताएका छन् । उनले संस्थाले हेटौंडामा विद्यार्थीलाई वैदेशिक अध्ययनका लागि मार्गदर्शन, आवेदन प्रक्रिया र परामर्श सेवा उपलब्ध गराउँदै आएकाले जानकारी दिए ।
उद्घाटनको अवसरमा शतप्रतिशत छुटमा भाषा कक्षा सञ्चालन हुन लागेको बताउँदै विद्यार्थीको सहजताको लागि निजगढमा सेवा दिने उद्देश्य रहेको बताएका छन् ।
वि.सं.२०८२ चैत १३ शुक्रवार १७:५४
















