सगरमाथा साकोस निजगढद्धारा बाढी प्रभावितका लागि २५ हजार ६ सय पच्चिस रुपैयाँ सहयोग
वि.सं.२०८३ भदौ १८ बिहीवार १३:३५
369
shares

बारा–भदौ १० गते रसुवा, धादिङ, गोरखा र तनहुँमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित परिवारका लागि बाराको निजगढ–७ स्थित सगरमाथा बचत तथा ऋण सहकारी संस्था लि. ले आर्थिक सहयोग गरेको छ ।
सहकारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ हजार ६ सय पच्चिस रुपैयाँ सहयोग गरेको हो ।

बाढीपहिरोबाट प्रभावित परिवारलाई राहत तथा पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले सहकारीको तर्फबाट उक्त रकम प्रदान गरिएको अध्यक्ष रुद्रप्रसाद धितालले जानकारी दिए ।
विपद्को कठिन परिस्थितिमा पीडित परिवारलाई सहयोग गर्न सहकारीले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम सहयोग गरेको व्यवस्थापक हरिप्रसाद पण्डितले बताए ।
वि.सं.२०८३ भदौ १८ बिहीवार १३:३५

















