skip this farak Kura Pravakar

विप्लवका कार्यकर्ताले बझाङमा वडा अध्यक्ष र सचिवलाई कालाे माेसाे दले

969 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : विप्लवका कार्यकर्ताले बझाङमा वडा अध्यक्षलाई कालाे माेसाे दलेका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (विप्लव) निकट विद्यार्थीसंगठन अखिल (क्रान्तिकारी ) जिल्ला समिति बझाङले बझाङ जिल्लाको वित्थडचिर गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष जय बहादुर मल्ल र वडा सचिव दत्तराम अवस्थीलाई साेमबार कालाेमाेसाे दलेका हुन् ।
भ्रष्टाचारकाे आराेप
कालामाेसाे दल्ने विद्यार्थी संगठनले वडा अध्यक्ष र सचिवमाथि भ्रष्टाचारको आराेप लगाएको छ ।
लाखौं भ्रष्टाचार गर्ने, अनियमितता गर्ने, कमिसन खाने जनप्रतिनिधिलाई जनकारवाही स्वरूप कालोमूसो दलेको जनाएको छ ।

nijgadh-supermart-adz1200-630