skip this

प्रहरीकै मोटरसाइकल लिएर भागेका घोराही कारागारका कैदी परियार भारतमा पक्राउ

1.03K shares
oil-nigam-amlekhgunj-adv.jpeg

दाङ : घोराही कारागारबाट भागेका कैदी यमराज परियार पक्राउ परेका छन्। उनलाई भारतबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।
एक महिना पहिले कारागारबाट अस्पताल जाने भनी निकालिएका परियार भागेका थिए। उनलाई जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्द रिजालको कमान्डमा खटिएको प्रहरी टोलीले भारतबाट पक्राउ गरेको हो।
कारागारबाट अस्पताल लैजाने भनेर उनलाई प्रहरी जवान धनबहादुर चौधरीले दुई युवतीसहित घोराहीकै थकाली भान्सघर पुर्‍याएका थिए । त्यही होटलबाट परियार प्रहरी जवान चौधरीको मोटरसाइकल लिएर भागेका थिए।
कैदी भागेको प्रकरणमा प्रहरी जवान चौधरी र एक महिला कारागार चलान भएका छ्न्। त्यसैगरि जेलर युवराज परियार, सुरक्षा प्रमुख असइ रुद्र सेन ठकुरी, हवल्दार गणेश थारु निलम्बित छ्न्। यस विषयमा प्रहरीले आज पत्रकार सम्मेलन गरेर जानकारी गराउने बताएको छ।

nijgadh-supermart-adz1200-630