महेश बस्नेत आज जेल जाने !
वि.सं.२०७८ माघ ११ मंगलवार १४:२५
2.6K
shares

नेकपा एमालेका प्रभावशाली नेता महेश बस्नेत आज जेल जाँदैछन् । उनी दिउँसो २ बजे जेल जाने भएका हुन् ।
बस्नेत कुनै अपराधको कसूरमा या अभियोगमा जेल जान लागेका होइनन् । उनी जन्मदिन मनाउन जेल जान लागेका हुन् ।
सुन्धारास्थित महिलाहरु रहेको कारागारमा बस्नेतले विशेष सहयोग गर्न लागेका हुन् । उनले महिला कैदीबन्दीका लागि खानेकुरा, लत्ताकपडालगायतका सामाग्री वितरण गर्ने भएका छन् ।
वि.सं.२०७८ माघ ११ मंगलवार १४:२५
















