skip this yams_Max_Hospital.jpeg

छिनछिनमा विद्युत अवरुद्ध हुने समस्या समाधानका लागि नेता दंगालको पहल

828 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा : बाराको निजगढमा देखिएको विद्युत अवरुद्ध भईरहने समस्या समाधानका लागि नेकपा (माओवादी केन्द्र) का प्रदेश सदस्य रविराज दंगालले पहल लिएका छन् ।
नेता दंगालले निजगढमा देखिएको समस्या समाधानका लागि नेपाल विद्युत प्राधिकरण सिमरा वितरण केन्द्रमा लिखित रुपमा माग तथा सुझाव प्रस्तुत गरेका छन् । उनले समाजिक सञ्जालमार्फत आह्वान गरेपछि प्राधिकरणमा स्थानीय युवाहरुको सर्वपक्षिय टोली पुगेको थियो ।


सिमरा शाखा प्रमुख रामु श्रेष्ठलाई भेटेर उनले माग पत्र बुझाएका छन् । माग पत्रमा निजगढमा अनियमित रुपमा गईरहेको विद्युत समस्या समाधानका लागि छुट्टै फिडर जडान गर्नुपर्ने र चपुरको विकल्पमा समेत पिलुवाबाट विद्युत प्रवाह गर्ने व्यवस्था मिलाउन र निजगढ ९ का अनुदानमा विद्युत मिटर पाउनबाट बञ्चित भएका स्थानीयलाई तत्काल मिटर उपलब्ध गराउनु पर्ने उल्लेख छ ।
यो पनि पढ्नुहोस् :
१५ दिन आकस्मिक लोडसेडिङ हुने, ८ वितरण केन्द्रका पावर ट्रान्सफरमरमा खराबी

विद्युतमा आएको गडबडीले गर्मीमा सर्वसाधारणदेखि विद्यार्थी र व्यवसायि तथा किसान मर्कामा परेको जनाएका थिए ।
निजगढको साविकको रतनपुर र सिंगौलमा विद्युत समस्या आउँदा पनि निजगढ बजार क्षेत्रमा समेत विद्युत अवरुद्ध हुने समस्या समाधान गर्न माग गरेका हुन् ।

नेपाल विद्युत प्राधिकरण सिमरा वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठ
रामु श्रेष्ठ, प्रमुख

उनले निजगढस्थित विद्युत कार्यालयमा सेवा चुस्त बनाउन आवश्यक सवारी साधनको व्यवस्थापन गर्न समेत आग्रह गरेका छन् ।
माग पत्र बुझ्दै प्रमुख श्रेष्ठले निजगढमा देखिएको समस्या समाधानका लागि आफु गम्भिर रहेको उल्लेख गर्दै तत्काल गर्न सकिने र केहि समयभित्र गर्न सकिने सबै प्रयास गर्ने प्रतिवद्धता जनाए । विद्युत समस्या समाधान गर्ने क्रममा स्थानीयले नै अवरोध गर्ने गरेको गुनासो गर्दै त्यसका लागि सहयोग गर्न समेत आग्रह गरेका थिए ।
यो पनि पढ्नुहोस् :
गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत उपयोग गर्न दिन्छौँ : ऊर्जामन्त्री
माग पत्र बुझाउन निजगढस्थित खानेपानी, विद्यालय, डेरी लगायतका प्रतिनिधि सिमरा पुगेका थिए ।
त्यसअघि निजगढ प्रासमा पुगेर निजगढ नगर उद्योग वाणिज्य संघका प्रतिनिधिले ध्यानाकर्षण जनाएका थिए । संघका अध्यक्ष रामकृष्ण नेपालको नेतृत्वमा पुगेको व्यवसायि टोलीले समस्या समाधान नभएर आन्दोलन गर्ने चेतावनी समेत दिएका थिए ।

nijgadh-supermart-adz1200-630