skip this

वर्षाले कटान गरेको धनुषाको हन्सपुरकाे घरहरुको मन्त्री साहले गरे स्थलगत निरीक्षण

924 shares
oil-nigam-amlekhgunj-adv.jpeg

जनकपुरधाम : प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत प्रसाद साहले वर्षाको कटानका कारण भत्किएका घरहरुको स्थलगत निरीक्षण गरेका छन्।
धनुषाको हन्सपुर नगरपालिका वडा नम्बर ५ स्थित सुगा निकास गाँउमा वर्षाले कटान गरेको घरहरुको स्थलगत निरीक्षण गर्ने क्रममा राहत समेत वितरण गरेका छन्।
निरीक्षणको क्रममा उनले स्थानियहरुसँग भेटेर वर्षेनी हुने कटानको समस्या समाधान गर्ने प्रतिवद्दता जाहेर गरेका थिए।
मन्त्री साहद्वारा अस्थाइ प्रहरी पोस्ट निरीक्षण
मन्त्री साहले जिल्लाको हन्सपुर नगरपालिका वडा नम्बर ०३ बेल्हीमा रहेको अस्थाइ प्रहरी पोस्ट निरीक्षण गरेका छन्। निरिक्षणका क्रममा उनले अस्थायी प्रहरी पोष्टको अवस्था र त्यहाँको समस्याको बारेमा जानकारी लिए। साथै स्थानीयसंग पनि भेटघाट गरे।
त्यस क्रममा मन्त्री साहले बेल्ही क्षेत्रको सुरक्षाको लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका थिए।
प्रदेश २ मा बढेको आपराधिक घटना तथा महिला हिंसाका घटना न्यूनिकरणमा उनले विशेष चासो देखाएका छन्।
प्रदेश २ मानव सूचाङ्कमा पनि अन्य प्रदेशभन्दा पछाडि रहेकोले अपराधिक घटना नियन्त्रण र न्यूनीकरणका लागि शिक्षा र सामाजिक विकासलाई बढी जोड दिनुपर्ने मन्त्री साहले बताए।

nijgadh-supermart-adz1200-630