skip this yams_Max_Hospital.jpeg

९ लाख ९३ हजार बराबरको नक्कली नेपाली नोटसहित ३ जना पक्राउ

762 shares
oil-nigam-amlekhgunj-adv.jpeg

रौतहट : १ हजार दरको ९ लाख ९३ हजार बराबरको नक्कली नोटसहित तीनजना रौतहटबाट पक्राउ परेका छन् ।
प्रहरी चौकी मठिया महुलियाबाट खटिएको प्रहरीको गस्ती टोलीले रौतहट ईशनाथ नगरपालिका वडा नम्बर ४ मा रहेको कालिमन्दिर नजिकै पैदल र सवारी साधानबाट आवतजावत गर्ने मानिसहरुलाई रोकेर चेकजाँच गर्दा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धुनषा बटेश्वर गाउँपालिका–४ बस्ने ३८ वर्षीय शत्रुधन वरई ठाकुर, महोत्तरीको वर्दीवास नगरपालिका–९ बस्ने रञ्जित महतो र महोत्तरी कै भङ्गहा नगरपालिका–४ बस्ने २५ वर्षीय दिपेन्द्र कुमार महतो रहेका छन् । प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक नारायण प्रसाद चमरीयाले बताए ।

nijgadh-supermart-adz1200-630