skip this farak Kura Pravakar

भैँसेपाटीमा एभरेष्ट बैंकको शाखा

1.61K shares
jeetpursimara dasain 2082
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : एभरेष्ट बैंक लिमिटेडले ललितपुरको भैँसेपाटीमा शाखा सञ्चालनमा ल्याएको छ।
बैंकको १०४औं शाखा सोमबार बाट सञ्‍चालनमा ल्याइएको हो। बैंकका सहायक महाप्रबन्धक केशवराज पौडेल र ललितपुर महानगरपालिका-१८ का वडाध्यक्ष पुरुषोत्तम खड्काले संयुक्त उक्त शाखाको उद्घाटन गरेका हुन्।
बैंकले उक्त शाखामार्फत् आफ्ना ग्राहकहरुलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ सेवा प्रदान गराउने आश्वासन व्यक्त गरेको छ।
बैंकले १०४ शाखा, प्रादेशिक कार्यालय, १३६ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएसएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ। यस बैंकले नेपाल सरकारको राजस्व संकलनका लागि ३१ वटा संकलन केन्द्रबाटसमेत सेवा दिँदै आइरहेको छ।

nijgadh nagarpalika dasain 2082
nijgadh-supermart-adz1200-630