skip this

खाँडाचक्रमा डडुवा रोगले आलु नष्ट

888 shares
oil-nigam-amlekhgunj-adv.jpeg

कालीकोट – जिल्लाको खाँडाचक्र नगरपालिका–११ स्थित रेगिल गाउँका किसानहरुले लगाएको आलु बाली डडुवा रोगले नष्ट भएको छ । डडुवा रोगले स्थानीय किसानहरुले करिब पाँच बिगाहा जमिनमा लगाएको आलु बाली नष्ट भएको हो ।

आलुबाट आम्दानी राम्रो हुने भएकाले पुरै गाउँका किसानहरुले आलु लगाएको तर रोग लागेपछि पुरै नष्ट भएको स्थानीय किसान मनसरा शाहीले बताए। ‘विगतमा आलुबाट हामीले राम्रै आम्दानी लिने गरेका थियौं’, उनले भने, ‘यो वर्ष के भएर हो खै गाउँमा लगाएको सबै आलु नष्ट भएको छ ।’

नगरपालिकाको कृषि शाखाबाट अनुगमन गर्दा डडुवा रोगबाट आलु नष्ट भएको जानकारी आएको नगरपालिकाका प्रमुख जसीप्रसाद पाण्डेले बताए। ‘डडुवाले आलु नष्ट भएका किसानलाई राहत दिइनेछ ।’

केही बारीमा रोगले छुन नसकेपनि केहीबारीमा पुरै नष्ट भएको नगरपालिका कृषि शाखाका प्रमुख भक्तिप्रसाद पाण्डेले जानकारी दिए ।

‘हामीले अनुगमन गर्दा रसायनिक विषादी प्रयोग गरेको तर प्राविधिक सरसल्लाह विना प्रयोग गरेको देखिएको हुनाले एकदमै डडुवा रोगको समस्या आएको पायौं’, उनले भने, ‘रोग नियन्त्रण गर्न आवश्यक प्रक्रिया थालेका छौ ।’

nijgadh-supermart-adz1200-630