skip this farak Kura Pravakar

बैंगलोरलाई हराउँदै इन्डियन प्रिमियर लिगमा पन्जाब किङ्स विजयी

2.03K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं ।पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा जित निकालेको छ ।मुम्बईमा शुक्रबार राति पन्जाबले रोयल च्यालेन्जर्स बैंगलोरलाई ५४ रनले हराएको हो ।पन्जाबले दिएको २ सय १० रनको लक्ष्य पछ्याएको बैंगलोरले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५५ रन मात्र बनाउन सक्यो ।बैंगलोरका लागि ग्लेन म्याक्सवेलले ३५ रन जोड्दा रजत पटीदारले २६ रन बनाएका थिए ।कप्तान विराट कोहली २० रनमा आउट भएका थिए ।

पन्जाबका कागिसो राबडाले ३ तथा ऋषि धवन र राहुल चाहरले २–२ विकेट लिएका थिए ।त्यसअघि पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ९ विकेट गुमाएर २ सय ९ रन जोडेको थियो ।पन्जाबका लागि लियाम लिभिङस्टोनले ७० रनको अर्धशतकीय इनिङ खेले । जोनी बेयर्स्टोले ६६ रनको अर्धशतकीय इनिङ खेल्दा शिखर धवनले २१ रन जोडे ।

कप्तान मायांक अग्रवाल १९ रनमा आउट भए । बैंगलोरका हर्सल पटेलले ४ तथा वानिन्दु हसरंगाले २ विकेट लिए ।जितसँगै पन्जाबले १२ खेलमा १२ अंक जोडेको छ ।पन्जाब छैटौं स्थानमा उक्लिएको छ ।बैंगलोर १३ खेलमा १४ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

nijgadh-supermart-adz1200-630