skip this farak Kura Pravakar

महोत्तरीमा मतगणनाको विषयमा सर्वदलीय छलफल जारी, केही पालिकामा मतगणना सुरु

1.63K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं ।महोत्तरीमा मतगणनाको विषयमा सर्वदलीय छलफल जारी छ । जिल्लाका १५ वटै स्थानीय तहमा मतगणनाको मापदण्ड र मतगणनाको समय निर्धारण गर्न छलफल जारी रहेको जिल्ला निर्वाचन कार्यालय महोत्तरीले जनाएको छ । १५ वटा स्थानीय तहमध्ये जिल्लाको उत्तरी क्षेत्रमा रहेका बर्दिबास नगरपालिका र गौशाला नगरपालिकामा भने अहिले मतगणना सुरु गर्ने निर्णय भएको छ ।

बर्दिबास नगरपालिकामा वडा नम्बर ८ मतगणना सुरु गर्ने तयारी भैइरहेको छ भने गौशाला नगरपालिकामा कहाँबाट गर्ने भन्ने समबन्धमा अझै निर्णय हुन सकेको छैन ।निर्वाचन कार्यालयका अनुसार जिल्लाको जलेश्वर नगरपालिकामा बिहान ८ वजेवाट मतगणना सुरु हुनेछ भने महोत्तरी गाउँपालिकामा बिहान ९ बजेवाट सुरु गरिने सर्वदलीय छलफलवाट सर्वसम्मत पारित भएको छ ।

जिल्लाका सबै ठाउँको मतपेटिका मतगणनास्थलमा पुर्‍याइ सकिएको छ । ४९७ मतदान केन्द्र र २५८ मतदानस्थलमा ७० प्रतिशत मत खसेको निर्वाचन आयोग महोत्तरीले जनाएको छ ।जिल्लामा जम्मा ७२० पदको लागि ४५६६ जना उम्मेदवार चुनावी मैदानमा छन ।

nijgadh-supermart-adz1200-630