skip this

९ दिन अघि हत्या भएका नेपाल प्रहरीका कार्यालय सहायकको हत्या आरोपी (भिडियो)

रुम्बाको हत्या योजनाकारले भारतबाट १८ हजारमा किनेर ल्याएका थिए बन्दुक !

1.21K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–९ दिन अघि हत्या भएका नेपाल प्रहरीका कार्यालय सहायकको हत्या आरोपीलाई बारा प्रहरीले आज सार्वजनिक गरेको छ ।

जीतपुरसिमरा १ सुकुम्बासी बस्दै आएका प्रहरी कर्मचारी राजकुमार रुम्बाको हत्या आरोपी तीन जनालाई जिल्ला प्रहरी कार्यालय कलैयामा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक महेन्द्र खड्काले व्यक्तिगत रिसिबी र लुटपाटको उदेश्यले हत्याको योजना बनेको अनुसन्धानबाट खुलेको जानकारी गराएका छन् ।

राष्ट्रिय अनुसन्धान विभाग बाराका इन्स्पेक्टर श्रीकान्त तिवारीको गाडी लिएर कलैया हिडेका रुम्बालाई जितपुर सिमरा उपमहानगरपालिका–११ स्थितको सडकखण्डमा सोही कारमा सवार जितपुर सिमरा १९ घर भई सिमरामा वर्कसप संचालन गर्दै आएका २७ वर्षिय पुरुषोत्तम कुमार दास र २० वर्षिय ईन्द्रजित कुमार चौहानले हत्या गरेको खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दासले भारतबाट १८ हजारमा किनेर ल्याएको बन्दुकले टाउकोमा गोली हानेर हत्या गरेका हुन् ।

प्रहरीले गाडी धनी तिवारीसहित दास र चौहानलाई पक्राउ गरेर सार्वजनिक गरेको हो । आरोपीको साथबाट मृतक रुम्बाको सुनको सिक्रि र पर्स बरामद् भएको छ ।

इलाका प्रहरी कार्यालय सिमरा बारामा दरबन्दी भई विमान स्थल सुरक्षा गार्ड सिमरामा कार्यरत रुम्बा र दासबिच के विषयमा रिसिबि थियो भन्ने बारेमा विभिन्न विषय बाहिर आएको छ । केहिले आर्थिक लेनदेनको विषय बाहिर ल्याएका छन् भने एउटै यूवतीसँग दुवैको प्रेम सम्बन्ध रहेको र दासले रुम्बालाई पटक–पटक यूवतीबाट टाढा हुन आग्रह गरेपनि उनी ति युवतीसँग सम्बन्धमा रहेको थाहा भएपछि योजना बनाएर हत्या गरेको स्रोतले जनाएको छ ।

भिडियो :

nijgadh-supermart-adz1200-630