निजगढ नगरस्तरीय चौंथो राष्ट्रपति रनिङ्ग शिल्ड : ३४ पदकसहित निजगढ ८ को गौरीशंकर पहिलो (भिडियो)
वि.सं.२०८१ पुस १३ शनिवार २२:१६

बारा–निजगढ नगरस्तरीय चौंथो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको ट्रफी निजगढ ८ को गौरीशंकर माविले जितेको छ ।
प्रतियोगितामा २२ स्वर्ण, ११ रजत र ४ कास्यसहित ३४ पदक जितेर गौरीशंकरले रनिङ्ग शिल्डको ट्रफी हात पारेको हो । प्रतियोगितामा निजगढ ६ को गौरीशंकर मावि सडकटोल दोस्रो र सार्वजनिक मावि तेस्रो भएका छन । गौरीशंकर सडकटोलले ३ स्वर्ण, ४ रजत र ४ कास्यसहित ११ पदक जितेको छ । सर्वाजनिक माविले भने १ स्वर्णसहित १४ पदक जितेर तेस्रो स्थानमा चित्त बुझाएको छ ।
सार्वजनिक माविले ५ रजत र ८ कास्यसहित १४ पदक जितेको छ । प्रतियोगितामा निजगढ ८ को बकैया ठाकुर मावि र नेरामावि सिंगौलले पनि १÷१ स्वर्ण पदक जितेको छ । सार्वजनिक साविक विजेता समेत हो ।
बकैया ठाकुरले २ रजत र ४ कास्यसहित ७ र नेरामावि सिंगौले १ रजत र २ कास्यसहित ४ वटा पदक हात पारेको छ । स्वर्ण पदक हात पार्न नसकेका नेरामावि रतनपुर र नेरामावि लालले भने रजत र कास्य गरी क्रमस १० र ५ पदक पाएका छन ।
निजगढ ११ को रतनपुर माविको प्राङ्गणमा आज भएको समापन कार्यक्रममा निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरी, उपप्रमुख सोममाया थिङ्गलगायतले विजयी खेलाडी र विद्यालयलाई ट्रफी, पदक र प्रमाण पत्र वितरण गरेका थिए ।
समापन कार्यक्रम मेयर पुरी, उपमेयर थिङ्ग, पुरी, निजगढ ८ स्थित गौरीशंकर माध्यमिक विद्यालयका प्रधानाध्यापक बद्रिनारायण झा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा वडा नं. ३ का वडा अध्यक्ष गोकुल तिमल्सिना, ७ का वडा अध्यक्ष टेकबहादुर लामा, ११ का वडा अध्यक्ष सहईया गुरो, १२ का वडा अध्यक्ष ज्ञानबहादुर गोले, कार्यपालिका सदस्य मानबहादुर डासेली, मिना चौरेल, नगर खेलकुद विकास समितिका सदस्य लगायतको उपस्थित रहेको थियो ।
मेयर पुरीको अध्यक्षतामा भएको कार्यक्रमको रतनपुरस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक इन्द्रदेव यादव, रमेश तिमल्सिना र सियाराम कुमर लगायतले सहजिकरण गरेका थिए ।
भिडियो :
वि.सं.२०८१ पुस १३ शनिवार २२:१६

















