skip this

भ्यू टावर बनाउन बजेट खर्च नगरौं : मन्त्री झाँक्री

2.06K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले आगामी बजेटमा भ्यू टावर लगायतका संरचनामा मन्त्रालयले लगानी नगर्ने बताएकी छन् ।

आर्थिक वर्ष २०७९/०८० को लागि राष्ट्रिय योजना आयोगमार्फत प्राप्त बजेट सिलिङमाथि सोमबार मन्त्रालयमा आयोजित छलफलमा मन्त्री झाँक्रीले सो धारणा राखेकी हुन् ।

‘केही कुरा हामीले कार्यक्रमबाट हटाउन आवश्यक छ, सभा हल, भ्यू टावर लगायतका कुरा अब बजेटमा राखेर परिणाम दिन सकिंदैन,’ मन्त्री झाँक्रीले भनिन्, ‘गर्नै पर्ने भए सघन सहरी विकास कार्यक्रम अन्तर्गत समेटौं ।’

बजेटमा अनावश्यक खर्च बढाउने योजना समेट्नुको सट्टा नागरिकलाई बढी लाभ हुने योजना छनोट गर्नुपर्ने उनले बताइन् ।

सहरी विकास मन्त्रालयले आगामी आर्थिक वर्षका लागि ४५ अर्बको बजेट सिलिङ पाएको छ ।

nijgadh-supermart-adz1200-630