संसदीय दलको नेतामा रवि लामिछाने चयन
वि.सं.२०८० वैशाख १८ सोमवार १७:०४
1.09K
shares

काठमाडौं, १८ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको नेतामा सभापति रवि लामिछाने चयन भएका छन् । सोमबार बसेको संसदीय दलको बैठकले उनलाई दलको नेता चयन गरेको हो । यसअघि सोमबार नै बसेको केन्द्रीय समिति बैठकले लामिछानेलाई दलको नेता चयन गर्न संसदीय दललाई निर्देशन दिएको थियो ।
१० वैशाखमा सम्पन्न उपनिर्वाचनमा चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछाने दलको नेतामा चयन भएका हुन् । गत शनिबार डीपी अर्यालले संसदीय दलको नेताबाट राजीनामा दिएपछि रिक्त उक्त पदमा लामिछानलाई चयन गरिएको हो ।
वि.सं.२०८० वैशाख १८ सोमवार १७:०४

















