रवि लामिछानेले नागरिकता पुनः प्राप्तिका लागि आइतबार देखि प्रक्रिया थाल्ने
वि.सं.२०७९ माघ १४ शनिवार १०:१०
1.29K
shares

काठमाडौं । आइतबार देखि नै रवि लामिछानेले नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया थाल्ने भएका छन् ।सर्वोच्च अदालतले शुक्रबार रवि नेपाली नागरिक नरहेको फैसला गरेसँगै उनी पुनः नागरिकता प्राप्ति प्रक्रियामा जान लागेका हुन् ।
अमेरिकी नागरिकता त्यागेका लामिछानेले नेपाली नागरिकता प्राप्त गर्ने प्रक्रिया पूरा नगर्दा अदालतको फैसलाबाट एक साथ सांसद, मन्त्रीसहित चार पद गुमाएका छन् । लामिछानेले आइतबार नै पुनः नागरिकता प्राप्तिका लागि प्रक्रिया थाल्ने राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले जानकारी दिएका छन् ।
वि.सं.२०७९ माघ १४ शनिवार १०:१०
















