skip this farak Kura Pravakar

रविराज दंगाल जसले मन जिते, मतले हारे

जनताको मत सदर नहुदाँ निजगढले ‘मिस’ गर्ने पात्र

4.85K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा । बाराको निजगढमा सर्वाधिक चर्चित उम्मेदवार हुन्–रविराज दंगाल ।

सत्ता गठबन्धनबाट माओवादीका नेता दंगाल निजगढ नगरपालिकाको उपमेयर पदमा उम्मेदवार बनेसंगै ‘जीत निश्चित’ को अवस्थामा थिए । गठबन्धनसंगै अन्य दल र स्वतन्त्रको समेत मत आकर्षित हुने भएपछि उनको जीतलाई सहज रुपमा हेरिएको थियो ।

गत स्थानीय तह निर्वाचनमा गठबन्धन गर्दा कांग्रेसका सुरेश खनाल मेयरमा जित्दा माओवादीका बेनीबहादुर मुक्तान पराजित भएका थिए । उनको हारपछाडीको मुख्य कारण थियो–मत बदर । त्यहिँ डर र चिन्ताका दंगालमाथि गरिएकै थियो ।

निर्वाचनमा दंगालले कांग्रेस–माओवादीका मतदातासंगै एमाले, राप्रपासहित स्वतन्त्र मतदाताको मत पाए । गठबन्धनबाट प्राप्त मत बदर हुदाँ दंगाल पराजित भएका छन् ।

उनको पराजय हुदाँ निजगढले एउटा आशाको ‘मिस’ गरेको छ । निजगढको भविष्यका रुपमा दंगालको उदय अनिवार्य देखेका मतदाताको निराशा सामाजिक सञ्जालमा पोखिन थालेको छ ।

निजगढका मतदाता चुनावी अपडेटमा दंगालको सुखद् नतिजाको पर्खाईमा थिए । बुधबार सार्वजनिक अन्तिम नतिजा अनुसार दंगाल १४१ मतले पराजित भएका छन् । एमालेकी उम्मेदवार सोममाया थिङले ८६४९ मत ल्याउँदा दंगालको ८५१८ मत सदर भयो ।

दंगाललाई माया गरेर खसालिएको करिव ३ हजारा मत बदर भएको छ । प्रत्येक वडामा भईरहेको मत बदरको आँकडाले दंगाललाई दबाब दिईरहेको थियो ।

साविक रतनपुरकी थिङलाई उनकै वडामा ३३ मत अन्तरमै रोक्न सफल भएका दंगाल वडा नं. ११ मा २५७ मत बदर हुदाँ थिङको मतान्तर बढ्यो । निजगढ १० मा केहि राहत मिलेपनि निजगढको वडाहरुमा ‘व्यालेन्स’ मा आउने अपेक्षा गरिएपनि नअपेक्षित बदर मतको भार थपियो ।

निजगढको ४,५,६, ७, ८ र ९ बाट मतान्तर घटाउँदै लगेपनि सिंगौलस्थित निजगढ २ मा र ३ मा थप भयो, त्यसलाई वडा नं. १ ले व्यालेन्स गर्न नसक्दा दंगाल मत पाएर पनि पराजित भए ।

मत बदरको पछाडी मतदाता शिक्षामा कमि हुनु र कांग्रेसभित्रको गुठबन्दी मुख्य कारण देखिएको छ । कांग्रेसमा मेयर हराउ अभियान सञ्चालन भएको मतगणनाको तथ्यांकले देखाएको छ । त्यसको असर उपमेयरका उम्मेदवारमाथि पनि परेको भेटिएको छ ।
गठबन्धनको घटक कांग्रेसले इमान्दारिता नदेखाउँदा एक छापे भोट प्रशस्त भेटिएको छ ।

मतदाता शिक्षामा गम्भिर नभएर वडाको मत विग्रिने भन्दै रुखमा एकछापे मत हाल्दा उपमेयरमाथि धोका भएको छ । ज्ञानको अभावमा उपमेयर पदको दुवै चिन्हमा मत स्वस्तिक लगाउदा समेत मत बदर भएको छ ।

nijgadh-supermart-adz1200-630