skip this farak Kura Pravakar

बारागढी गाउँपालिकाले २० जनालाई फ्रिज र एसी बनाउने तालिम दिने

744 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-बारागढी गाउँपालिकाले स्थानीय तहमा युवा लक्षित सीप विकास कार्यक्रम अन्तर्गत फ्रिज र एसी बनाउने तालिम सञ्चालन गर्ने भएको छ ।

गाउँपालिकाले मिति जेठ १३ मा सूचना जारी गर्दै इच्छुक युवाहरुलाई तालिममा सहभागी हुन आग्रह गरेको हो ।

तालिममा जम्मा २० जनालाई सहभागी गराईने प्रमुख प्रशासनिक अधिकृत सरोज कुमार चौधरीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।

इच्छुक व्यक्तिहरुले निम्न कागजातहरु सहित आवेदन दिनुपर्ने जनाइएको छ:

१. नेपाली नागरिकता वा पहिचान खुल्ने प्रमाणपत्रको प्रतिलिपि
२. उमेर १८ वर्ष देखि ४५ वर्ष ननाघेको
३. पासपोर्ट साइजको फोटो
४. निवेदन

गाउँपालिकाले तालिम सञ्चालन हुने स्थान पछि निर्धारण गरिने जानकारी दिएको छ ।

Refrigerator and AC Repair Training to Be Conducted in Baragadhi Rural Municipality

Baragadhi Rural Municipality is set to conduct a training program on refrigerator and air conditioner (AC) repair under the youth-targeted skill development initiative at the local level.

The municipality issued a notice on Jestha 13 (May 26, 2025), inviting interested youths to participate in the training.

According to the notice signed by Chief Administrative Officer Saroj Kumar Chaudhary, a total of 20 participants will be selected for the training.

The training aims to empower local youths by equipping them with practical skills that can help them become self-reliant and employable.

nijgadh-supermart-adz1200-630