राप्रपाकी बागमती प्रदेशकी समानुपातिक सासंद रिना गुरुङ चितवन २ बाट प्रत्यक्षमा उठ्ने
राप्रपाबाट उम्मेद्वार सिफारिस
वि.सं.२०७९ भदौ २६ आइतवार १०:५८

काठमाडौं- राप्रपाकी बागमती प्रदेशकी समानुपातिक सासंद रिना गुरुङ चितवन २ बाट प्रतिनिधि सभातर्फ प्रत्यक्षमा उठ्ने भएकी छिन् ।
मंसिर ४ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीले चितवन क्षेत्र नं.२ बाट रिना गुरुङको नाम सिफारिस गरेको छ ।
पार्टीको केन्द्रीय सहमहामन्त्री रहेकी गुरुङलाई क्षेत्रीय समितिले चितवन–२ मा प्रत्यक्ष उम्मेदवारको रूपमा सर्वसम्मत सिफारिस गरेको हो ।
२०७४ लाई फर्केर हेर्दा
चितवन क्षेत्र नं. २ बाट वाम गठबन्धनका तर्फबाट एमालेका कृष्णभक्त पोखरेल प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए ।
कांग्रेस उम्मेदवार तत्कालीन शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीलाई १७ हजार ३ सय ५६ मतान्तरले पराजित गर्दै विजयी बनेका हुन् थिए ।
पोखरेलले ४४ हजार ६ सय ७० मत प्राप्त गरे भने अधिकारीले २७ हजार ३ सय १४ मत ल्याए पोखरेल यसअघि २०७० सालमा चितवन क्षेत्र नं. ३ बाट विजयी भएका थिए भने अधिकारी चितवन–२ बाट विजयी भएका थिए ।
वि.सं.२०७९ भदौ २६ आइतवार १०:५८
















