skip this farak Kura Pravakar

युक्रेनको पूर्वी खार्किभ क्षेत्रमा रुसी गोलाबारी, १५ जनाको मृत्यु

1.73K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । युक्रेनको पूर्वी खार्किभ क्षेत्रमा रुसी गोलाबारीमा १५ जनाको मृत्यु भएको छ । मारिनेमध्ये एक आठ वर्षीय बालक पनि रहेको गभर्नर ओलेग सिनेगुबोभले जानकारी दिएका छन् ।उत्तरपूर्वी युक्रेनमा अवस्थित खार्किभ रसियासँग सीमा जोडिएको छ । आक्रमणको सुरुमा भागेका बासिन्दामध्ये केही फर्कन थालेका छन् । ‘रुसी गोलाबारीमा १५ जनाको मृत्यु भएको १६ जना घाइते भएका छन्’ सिनेगुबोभले भने । चार ओटा अलग अलग स्थानमा भएका घटनामा उनीहरुको मृत्यु भएको हो ।

रुसी सेनाले खार्किभ सहरबाट ३० किलोमिटर दक्षिणपूर्वमा रहेको चुगुइभ सहरमा गोली चलाउँदा ६ जनाको मृत्य भएको थियो । हमलामा चार जना घाइते भएका थिए । त्यस्तै, खार्किभ सहरमा भएको अर्को हमलामा ५ जनाको मृत्यु र ११ जना घाइते भएका थिए भने जोलोचिभमा भएको आक्रमणमा तीन जनाको मृत्यु भएको थियो ।

nijgadh-supermart-adz1200-630