skip this

सगरमाथा साकोसको रजत वर्ष : नि:शुल्क आँखा परीक्षण तथा औषधि वितरण सुरु

1.36K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा- निजगढ नगरपालिका–७ बारास्थित सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे आफ्नो २५ औं वार्षिक साधारण सभा (रजत वर्ष) को अवसरमा नि:शुल्क आँखा परीक्षण तथा औषधि वितरण कार्यक्रम सुरु भएकाे छ ।

कार्यक्रम निजगढ-७ विद्यासागर इङ्लिश बोर्डिङ विद्यालयमा परिसरमा विहान ८ बजेबाट सुरु भएको छ ।

कार्यक्रममा हिमाल आँखा अस्पताल, विराटनगर र कोशी आँखा अस्पताल, सुनसरीले प्राविधिक सहयोग प्रदान गरेका छन् ।

कार्यक्रमको सभाध्यक्षता संस्थाका अध्यक्ष भोला प्रसाद गौतमले गरेका थिए । अतिथिका रूपमा हिमाल आँखा अस्पतालका अध्यक्ष राम सेवक साह, हस्पिटल डाइरेक्टर अमन साह, मेडिकल डाइरेक्टर डा. प्रमोद शर्मा गौतम, कोर्डिनेटर विन्देश्वर साह, ओपिडी इन्चार्ज राम प्रकाश महतो, ओटी इन्चार्ज गहेन्द्र कार्की, अप्टोमेट्रिष्ट सत्यजित सिंह, र अप्टीसियन मुन्नू खान उपस्थित रहेका थिए ।

कार्यक्रमको सुरुवात पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरिएको थियो ।

उद्घाटन सत्रमा बोल्दै अध्यक्ष भोला प्रसाद गौतमले सहकारी संस्था केवल आर्थिक कारोबारमा सीमित नभई समाजप्रति उत्तरदायी रहनुपर्ने बताएको छ । उनका अनुसार यो आँखा परीक्षण तथा औषधि वितरण कार्यक्रम सहकारीको सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन गरिएको हो ।

अध्यक्ष गौतमले भने, “सगरमाथा साकोसले स्थापना कालदेखि नै आर्थिक सुदृढता मात्र होइन, समुदायका हरेक क्षेत्रमा योगदान पुर्‍याउने लक्ष्य लिएको छ ।” उनले थपे कि सहकारीले आफ्नो रजत वर्षमा ‘हाजिरीजवाफ, बक्तृत्व कला, चित्र कला र रक्तचन्दन”
कार्यक्रम’ सहित विभिन्न सामाजिक क्रियाकलाप सञ्चालन गर्दैछ ।
कार्यक्रममा सहभागी स्थानीय बासिन्दा, वृद्धवृद्धा, विद्यार्थी र बालबालिकासहित सयौँले नि:शुल्क आँखा परीक्षण र औषधि वितरण सेवा प्राप्त गर्दै छन ।

अस्पतालका प्राविधिक टोलीले आँखा स्वास्थ्यसम्बन्धी सल्लाह तथा सचेतनामूलक सन्देश पनि दिईरहेको छ ।

रजत वर्षको उपलक्ष्यमा सहकारीले कार्तिक २४ गते विशेष साधारण सभा र आईतवार रक्तदान कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ ।

सगरमाथा साकोसले समुदाय केन्द्रित सेवा र सामाजिक उत्तरदायित्वका कार्यलाई निरन्तरता दिने जनाएको छ । सो शिविरमा गौरीशंकर माविका स्काउट विद्यार्थीहरुले स्वयंसेवकको भुमिका निर्वाह गरिरहेको छ ।

संस्था २०५७ साल कार्तिक २४ गते शिक्षकहरूको नेतृत्वमा स्थापना भएको अध्यक्ष गौतमले जानकारी दिए ।

स्थापना यताका वर्षहरूमा सहकारीले शिक्षा, स्वास्थ्य, स्वावलम्बन र सामाजिक सचेतनामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको अध्यक्ष गौतमले जानकारी दिए ।

nijgadh-supermart-adz1200-630