सगरमाथा सकोसको वार्षिक साधारण सभा : नगरस्तरिय हाजिरी जवाफ, वक्तृत्वकला र चित्रकला प्रतियोगिता सम्पन्न
निजगढ–७ स्थित विद्यासागर ई. बोडिङ्ग स्कुल प्रथम
वि.सं.२०८२ कात्तिक २१ शुक्रवार २०:४३

बारा–बाराको निजगढ–७ स्थित सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २५ औँ वार्षिक साधारण सभा (रजत वर्ष) को अवसरमा शुक्रबार हाजिरीजवाफ, वक्तृत्वकला र चित्रकला प्रतियोगिता सम्पन्न भएको छ ।
संस्थाको शभाहलमा आयोजित प्रतियोगितामा निजगढ–७ स्थित विद्यासागर ई. बोडिङ्ग स्कुल प्रथम भएको छ ।
वक्तृत्वकलामा विद्यासागरका सुश्रीका अधिकारी प्रथम भईन् भने निजगढ–६ सडकटोलस्थित श्री गौरीशंकर माध्यमिक विद्यालयका गौतमकुमार साह दोस्रो भए ।

निजगढ–७ योजनास्थित श्री नेत्रोदय माध्यमिक विद्यालयका बिजय विक तेस्रो र निजगढ–८ स्थित श्री गौरीशंकर माध्यमिक विद्यालयका राजकिशोर लामिछाने सान्तवना भए ।

त्यसैगरि हाजिरीजवाफ प्रतियोगितामा निजगढ–७ स्थित विद्यासागर ई. बोडिङ्ग स्कुल प्रथम, निजगढ–५ बागदेवस्थित सार्वजनिक माध्यमिक विद्यालय दोस्रो र निजगढ–७ योजनास्थित श्री नेत्रोदय माध्यमिक विद्यालय तेस्रो भएको छ ।

त्यसैगरि चित्रकला प्रतियोगितामा निजगढ–७ स्थित विद्यासागर ई. बोडिङ्ग स्कुलका एन्जल श्रेष्ठ प्रथम, निजगढ–९ स्थित बालज्योती आधारभूत विद्यालयकी प्रनिका मोक्तान दोस्रो भए ।

त्यसैगरि निजगढ–८ स्थित श्री गौरीशंकर माध्यमिक विद्यालयका मुस्कान यादव तेस्रो भएको छ ।

त्यसैगरि निजगढ–६ सडकटोलस्थित श्री गौरीशंकर माध्यमिक विद्यालयका स्वेता वाईवा, निजगढ–५ स्थित जनजागृती आधारभूत विद्यालयका मोहन रुम्बा भए ।

त्यसैगरि निजगढ–७ स्थित सत्यश्वर शिवशक्ति आधारभूत विद्यालयकी संगिता साह र निजगढ–११ रतनपुरस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका सुलभ कुमर सान्त्वना भए ।

प्रतिस्पर्धामा विजयी भएका विद्यार्थी र विद्यालयका प्रतिनिधि शिक्षकलाई अविर र खादासहित सम्मान गरिएको थियो ।

प्रतियोगिताको निर्णायकमा गौरीशंकर क्याम्पसका गोविन्द अधिकारी, जीवन कुमार काफ्ले, निजगढ नगरपालिकाका प्रतिनिधि प्रदिप ढकाल रहेका थिए ।
यसअघि प्रतियोगिताको संस्थाका अध्यक्ष भोलाप्रसाद गौतमले पानसमा बत्ती बालेर उद्घाटन गरेका थिए ।
उद्घाटन कार्यक्रममा संस्थाका उपाध्यक्ष हरीमैया पोखरेल, सचिव बोधनाथ चौलागाई, लेखा संयोजक रुद्रप्रसाद धिताल, सञ्चालक सिता रिसाल, मन्जु कार्की, सुदिप तिमल्सिना, सहायक व्यवस्थापक बिमल अधिकारी, शिक्षकहरु बोधबहादुर तिमल्सिना, गणेश पण्डित, चन्द्रप्रकाश गुरो, प्रकाश अधिकारी, घनश्याम दवाडी, भोला चौलागाई, सपना कोईराला, राजु गौतमलगायत ससहभागि थिए ।
संस्थाका अध्यक्ष भोला प्रसाद गौतमको सभाध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संस्थाका सचिव बोधनाथ चौलागाईं, सदस्य महेश्वर अधिकारी र शिक्षक प्रकाश अधिकारीले सहजिकरण गरेका थिए ।
प्रतियोगितामा विजयी भएका विद्यार्थीलाई कार्तिक २४ गते सोमबार हुने साधारण सभा विशेष समारोहमा नगद तथा सम्मान–पत्रसहित पुरस्कृत गरिने छ ।
आखाँ शिविर भोली, रक्तदान पर्सी
सहकारीले आँखा शिविर, रक्तदान कार्यक्रम समेत आयोजना गर्दैछ ।
कार्तिक २२ गते शनिबार बिद्यासागर इङ्लिस बोर्डिङ स्कुलको भवनमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन हुनेछ भने कार्तिक २३ गते आइतबार निजगढ शहीदचोकमा रक्तदान कार्यक्रम तथा स्थानीय अस्पतालका बिरामीहरूलाई फलफूल वितरण गरिनेछ ।
साधारण सभा समारोहमा सहकारीले विभिन्न विधामा उत्कृष्ट कार्य गरेका व्यक्तिहरूलाई सम्मान समेत गर्नेछ ।
त्यसैगरि भाग्यशाली चिट्ठा कार्यक्रम पनि सञ्चालन गर्ने तयारी गरिएको छ ।
वि.सं.२०८२ कात्तिक २१ शुक्रवार २०:४३

















