आईतबार सार्वजनिक विदामा पनि साना किसान डुमरवानाको १० देखि २ बजेसम्म संस्था सेवा खुला रहने
वि.सं.२०८२ पुस २५ शुक्रवार १६:३७
1.01K
shares

बारा–साना किसान कृषि सहकारी संस्था लि. डुमरवानाले पौष महिनाको अर्धवार्षिक खाताबन्दीलाई मध्यनजर गर्दै सार्वजनिक विदा परेको दिन आइतबार पनि संस्थाको मुख्य कार्यालय तथा सबै सेवा केन्द्र कार्यलयहरू संचालनमा रहने भएको छ ।
कार्यालयहरू बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म खुला रहने निमित्त मुख्य प्रवन्धक प्रकाश रिमालले जानकारी दिएका छन् ।
संस्थाले सम्पूर्ण ऋणी तथा शेयर सदस्यहरूलाई आफूले तिर्नुपर्ने ऋणको किस्ता तथा ब्याज रकम तोकिएको समयमा आएर बुझाउन अनुरोध गरेको छ । समयमै किस्ता तिर्ने सदस्यहरू जिम्मेवार र अनुशासित सदस्यको पहिचानका रूपमा रहने संस्थाको भनाइ छ।
संस्थाद्वारा जारी सूचनामा भनिएको छ, “समयमै ऋणको किस्ता तथा ब्याज तिरी असल सदस्यको पहिचान दिउँ ।”
वि.सं.२०८२ पुस २५ शुक्रवार १६:३७

















