अनिवार्य अवकाश पाएका श्री नेपाल राष्ट्रिय मावि सिंगौलका शिक्षक बिरेन्द्र प्रसाद चौधरीको विदाई
वि.सं.२०८२ पुस २५ शुक्रवार १६:५९
तस्विर : सावित्रा चौलागाईको फेसबुकबाट
बारा–बाराको निजगढ नगरपालिका–१ सिङौलस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा विगत ३७ वर्षदेखि निरन्तर शिक्षण सेवामा समर्पित रहनुभएका निवर्तमान सहायक प्रधानाध्यापक बिरेन्द्र प्रसाद चौधरी अनिवार्य अवकाश भएको छ ।
निम्न माध्यमिक द्वितीय श्रेणीमा कार्यरत रहँदै उनले विद्यालयको शैक्षिक उन्नति, अनुशासन, विद्यार्थीको सर्वाङ्गीण विकास तथा शिक्षण गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका चौधरीले प्रधानाध्यापकको समेत जिम्मेवारी सम्हालिसकेका छन् ।

२०४५ सालदेखि सो विद्यालयमा कार्यरत उनी कुशल नेतृत्व, सरल स्वभाव र अनुकरणीय शिक्षकको रूपमा स्थापित छन् ।
विद्यालय व्यवस्थापन समिति, विद्यालय परिवार, सहकर्मी, अभिभावक तथा विद्यार्थीहरूले उनको विदाई गरेका छन् । उनको योगदानको उच्च मूल्याङ्कन गर्दै निवृत्त जीवन सहज, स्वस्थ र सुखमय रहोस् भन्ने कामनासहित अबिर फूलमालाले विदाई सम्मान गरेका छन् ।
वि.सं.२०८२ पुस २५ शुक्रवार १६:५९
















