skip this

आज सन्दीप लामिछानेको पुनरावेदन मुद्दामा सुनुवाइ हुँदै

1.41K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं ।आज सन्दीप लामिछानेको पुनरावेदन मुद्दामा सुनुवाइ हुँदैछ । जिल्ला अदालतको आदेशविरुद्ध नेपाली क्रिकेट टिमका पूर्वकप्तान लामिछानेले गरेको पुनरावेदनका लागि सुनुवाइको पेसी आजका लागि तोकिएको छ ।गत भदौमा सन्दीपविरुद्ध एक किशोरीले बलात्कारको आरोप लगाएकी थिइन् । २० असोजमा पक्राउ परेका सन्दीपलाई काठमाडौं जिल्ला अदालतले फैसला नहुँदासम्मका लागि थुनामा पठाउने आदेश गरेको थियो । उनले थुनाबाहिर रहेर मुद्दा लड्न पाउनुपर्ने माग गरेका छन् ।

पाटन उच्च अदालतमा दर्ता रहेको पुनरावेदनको सुनुवाइका पेसी आजका लागि तोकिएको हो । यसअघि दुईपटक पेसी तोकिए पनि पहिलोमा सन्दीपका कानुन व्यवसायीले स्थगित गरेका थिए । दोस्रोमा हेर्न उनको पेसी नभ्याइनेमा परेको थियो ।

nijgadh-supermart-adz1200-630