साथी नेपालकी अध्यक्ष सापकोटालाई महिला तथा बालबालिका क्षेत्रमा पुर्याएको योगदान स्वरुप ‘नारीः शक्ति, समर्पण र सम्मान’
वि.सं.२०८२ भदौ १४ शनिवार २१:४१
1.48K
shares

बारा–बाराको निजगढ नगरपालिका–६ सडकटोलकी सरिता सापकोटालाई महिला तथा बालबालिका क्षेत्रमा पुर्याएको योगदान स्वरुप ‘नारीः शक्ति, समर्पण र सम्मान’ सम्मान प्रदान गरिएको छ ।

साथी नेपालकी अध्यक्ष सापकोटालाई वीरगञ्ज उद्योग वाणिज्य संघको आयोजनामा सम्पन्न बृहत महिला सम्मेलन २०८२ मा पूर्व राष्ट्रपति बिद्यादेवी भण्डारीले “नारीः शक्ति, समर्पण र सम्मान” प्रदान गरेकी हुन् ।
कार्यक्रममा विभिन्न क्षेत्रका उत्कृष्ट महिला उद्यमी, जनप्रतिनिधि तथा सामाजिक अभियन्ताहरूलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका पदाधिकारी, प्रदेश र स्थानीय तहका प्रतिनिधि, व्यवसायी, महिला उद्यमी तथा सामाजिक अभियन्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
वि.सं.२०८२ भदौ १४ शनिवार २१:४१

















