घण्टीमाई साकोसकी अध्यक्ष सिम्खडा ‘सफल महिला सहकारी अभियन्ता’ विधामा सम्मानित
वि.सं.२०८२ भदौ १४ शनिवार २०:१५
918
shares

बारा–बाराको जीतपुरसिमरा उपमहानगरपालिका–४ औराहास्थित घण्टीमाई बचत तथा ऋण सहकारी संस्था लिमिटेडकी अध्यक्ष कोपिला सिम्खडा ‘सफल महिला सहकारी अभियन्ता’ विधामा सम्मानित भएकी छिन् ।
वीरगञ्ज उद्योग वाणिज्य संघको आयोजनामा सम्पन्न बृहत महिला सम्मेलन २०८२ मा “सफल महिला सहकारी अभियन्ता” विधामा पूर्व राष्ट्रपति बिद्यादेवी भण्डारीले सिम्खडालाई सम्मानपत्र प्रदान गरेकी हुन् ।
कार्यक्रममा विभिन्न क्षेत्रका उत्कृष्ट महिला उद्यमी, जनप्रतिनिधि तथा सामाजिक अभियन्ताहरूलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका पदाधिकारी, प्रदेश र स्थानीय तहका प्रतिनिधि, व्यवसायी, महिला उद्यमी तथा सामाजिक अभियन्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
वि.सं.२०८२ भदौ १४ शनिवार २०:१५

















