skip this

स्थानीय तह निर्वाचनका लागि जुम्ला जिल्लामा सुरक्षा तयारी तीव्र

3.49K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । यहि बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि जुम्ला जिल्लामा सुरक्षा तयारी तीव्र पारिएको छ । जिल्ला सुरक्षा समितिले भौतिक रुपमा अनुगमनदेखि डिजिटल अनुगमन गर्न थालेको हो । निर्वाचन सुरक्षाका लागि डिजिटल नक्सा समेत तयार गरिएको जिल्ला कार्यालय जुम्लाले जनाएको छ । कार्यालयले निर्वाचन नजिकिदै जाँदा जिल्लाका राजनैतिक दल र सरोकारवाला निकायलाई भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सुरक्षा निकायले तयारी गरेको र जिल्ला निर्वाचन कार्यालयले गरेको कामको जानकारी समेत लिएको छ ।

नेपाली सेना डोल्पा, हुम्ला, मुगु र कालिकोटमा समेत परिचालन गरिएको छ । ड्रोनको समेत प्रयोग गरेर सबै मतदान स्थलको विवरण अपडेट गरिएको छ । यसैगरी सेनाले बम डिस्पोजल टिमलाई पनि खटाएको छ । जुम्लामा तिनै सुरक्षा एकसाथ निर्वाचन सुरक्षाका लागिरहेका छन् । त्यस्तै जुम्लाबाट छानौट भएका ६६९ जना म्यादी प्रहरी समेत परिचालन भइसकेको सुरक्षा समितिले जनाएको छ ।

जुम्लामा ७९ स्थलमा १०२ वटा मतदान केन्द्र रहेका छन् भने तिनीहरु मध्ये १४ वटा मतदान केन्द्र पाँचसय भन्दा कम मतदाता रहेका छन् ।यातायातको समस्या हुँदा केही मतदान केन्द्रमा भने हिंडेरै जानुपर्ने र एक दिन लाग्ने अवस्थाका छन् । त्यसका लागि सुरक्षा निकायले स्थल अनुगमन तथा अवस्थाको विषयमा जानकारी लिई सुरक्षा योजना तयार पारिसकेको छ । यसैगरी जिल्लाका मतदान स्थलहरुमा एक महिना अघिदेखि सुरक्षा निकायले अनुगमन थालेको छ ।

nijgadh-supermart-adz1200-630