वरिष्ठ क्याप्टेन दिपुराज ज्वारचन वायुसेवा निगमको महाप्रबन्धकमा नियुक्त
वि.सं.२०७९ असार ९ बिहीवार १६:२९
1.53K
shares

काठमाडौं । नेपाल वायुसेवा निमगको महाप्रबन्धकमा निगमकै वरिष्ठ क्याप्टेन दिपुराज ज्वारचनलाई नियुक्त गरिएको छ । सरकारले उनलाई महाप्रबन्धकमा अस्थायी रुपमा नियुक्त गरेको हो ।
मन्त्रिपरिषद्को निर्णयअनुसार निगमको महाप्रबन्धकको कामकाज गर्ने गरी उनलाई अस्थायी नियुक्ति गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गरेको थियो ।
वि.सं.२०७९ असार ९ बिहीवार १६:२९

















