skip this farak Kura Pravakar

सेवाशुभारम्भ साकोस सामाजिक उत्तरदायित्व : जनज्योति आधारभूत विद्यालयलाई दिईयो सिलिङ्ग पङ्गखा

1.45K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको निजगढ नगरपालिका–९ शहीदचोकस्थित सेवा शुभारम्भ बचत तथा ऋण सहकारी संस्थाले विद्यालयलाई सहयोग गरेको छ ।

संस्थाको वार्षिक योजना तथा बजेटमा २०८१।२०८२ को कार्य योजना नं.१६ मा सामाजिक उत्तरदायित्व कार्यक्रम गर्ने योजना रहेको सोही योजना बमोजिम निजगढ ९ अवस्थित जनज्योति आधारभूत विद्यालयलाई सहयोग गरेको हो ।

संस्थाको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शुक्रबार विद्यालयलाई ८ थान प्रदान गरेको हो ।

कार्यक्रममा संस्थाका अध्यक्ष मणिश्वर घिमिरेले संस्थाले आफ्नो संस्थाको प्रधान कार्यालय रहेको विद्यालयमा संस्थाको बजेटको परिधिमा रहि विद्यालयको अध्यक्ष तथा प्राध्यानाधापकसँग आवश्यक छलफल गरी सिलिङ्गग फ्यान माग भए बमोजिम प्रदान गरिएको बताए ।

कार्यक्रममा संस्था उपाध्यक्ष निर्मल कुमार भण्डारी, सचिव मनोज कुमार रेग्मी, सह सचिव दिपक शिवाकोटी, सदस्य सुनिल कुमार चौधरी, सदस्य भिमप्रसाद सापकोटा, सदस्य हरी प्रसाद न्यौपाने, लेखा सुपरिवेक्षण समितिको सदस्य अनिश पोखरेल, संस्थाका व्यवस्थापक बिबेक कुमार ठाकुर र लेखापाल सुभाष दहालको उपस्थिति रहेको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शंखर थोकरले संस्थाको हालको सकारात्मक पक्ष र समस्याहरुको बारेमा जानकारी गराएका थिए । त्यसैगरि विद्यालयका प्राध्यानाध्यापक मनराज महताराले स्वागत मन्तव्य राखेका थिए ।

nijgadh-supermart-adz1200-630