skip this

अस्ताए लालका बाल गायक आयूष !

4.58K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारादुरी झनै अझैं बढ्यो, समयले साथ छाडेसँगै.. यो शब्द कोर्दै आवाज भरेका बाराको निजगढ–१० लालका आयूष लामाले संसार छाडेका छन् । उनकै शब्दमा समयले साथ छाडेझैं उनको भौतिक शरिर सोमबारबाट खरानी भएर बिलाएको छ ।

उनी नेपाली संगित आकाशका नचम्किएका तारा थिए । स्कुले जीवनमै उनले आफ्नै शब्दमा आधुनिक पप गित रेकर्ड गराईसकेका थिए । ढुकढुकी झनै बढ्यो, मन आत्तिदै गयो, मुटुले साथ छोडेझैं.. गितको एक अन्तरामा उनले भनेझैं सवारी दुर्घटनामा परेपछि अस्पतालको बेडमा मृत्युसँग लड्दा लड्दै निस्टुरी समयले साथ छाड्यो ।

साथी सहकार्य यूवा क्लबले मृगौला पीडितको उपचार सहयोगार्थ आयोगित सांगेतिक कार्यक्रममा आयूषले प्रस्तुति दिएका थिए ।

चितवनमा वैवाहिक कार्यक्रमबाट फर्किने क्रममा आयूष बाराको अम्लेखगञ्जस्थित आधारभारमा बोलेरोले मोटरसाईकललाई पछाडीबाट ठक्कर दिएपछि गम्भिर घाईते भएका थिए ।

वीरगञ्जस्थित बयोधा अस्पतालमा १३ दिनसम्म भेन्टिलेटरमा राखेर उपचार भएपनि बचाउन नसकिएको हो ।

६ महिनाअघि निजगढ क्रियशन स्टुडियोमा उनले गित रेकर्ड गराएका थिए । आयूषप्रति संगितमा राम्रो भविष्य देखेका स्टुडियो सञ्चालक सोमसिंह लामाले सोमबार साँझ स्टाटस् लेखेका छन्–अल्पायुमै बिदा भयौ, तर स्वर अमर रह्यौ । भाइसँगको पहिलो गीत आज तिम्रो अन्तिम सम्झना बन्यो । भावपूर्ण श्रद्धाञ्जली आयुष भाई !

निजगढ–८ स्थित बकैया ठाकुर माध्यमिक विद्यालयबाट कक्षा ९ उर्तिण गरेका थिए । १५ गतेबाट विद्यालयमा भर्ना खोलिएको थियो, उनी त्यो दिन जन्ती गए, कक्षा १० मा भर्ना नहुँदै उनको उपचारको क्रममा निधन भयो ।

विद्यालयका प्रधानाध्यापक हिमेश घिमिरेले आयूष कक्षा ८ देखि बकैया ठाकुरमा अध्ययन गर्दै आएको बताउँदै प्रतिभावन विद्यार्थीको निधनले मर्माहित बनाएको बताएका छन् ।

nijgadh-supermart-adz1200-630